Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आईजीपी निरीह बनेपछि मन्त्री र सचिवका पिएसओको बढुवा सिफारिस ,सिनियर सई छुटे

    आईजीपी निरीह बनेपछि मन्त्री र सचिवका पिएसओको बढुवा सिफारिस ,सिनियर सई छुटे

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 6.8K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (सई) बाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) बढुवा सिफारिसमा मनपरी निर्णय गरिएको छ।

    आज बसेको बढुवा सिफारिस समितिले मन्त्री र सचिवका सुरक्षामा खटिएका प्रहरी कर्मचारी ( पिएसओ)हरुसहित ७३ जना सईलाई  इन्स्पेक्टर पदमा बढुवाका लागि सिफारिस गरेको हो।



    उनीहरुलाई प्रहरी नियमावली २०७१ अनुसार बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । एआईजी शैलेश थापा सदस्य सचिव रहेको बढुवा समितिले गृहमन्त्री र गृहसचिबका जुनियर पिएसओहरुलाई सिफारिस गरेर सिनियर सईहरुको मानमर्दन गरेको छ।



    बढुवा सिफारिसमा २०६० र २०६१ सालमा सई बनेका झन्डै ५० जना छुटेका छन् भने २०६२ मा सई बनेका ८ जनालाई राजनीतिक दबाबमा इन्स्पेक्टरमा बढुवा सिफारिस गरिएको छ। जसका कारण प्रहरी त्र ठुलो असन्तुष्टि छाएको छ ।

    २०६० र २०६१ सालमा सई बनेकाहरु अब कहिले बढुवामा पर्ने हुन ? अन्योल नै बनेको छ। इन्स्पेक्टर बढुवा सिफारिसमा राम्रो काम गर्ने र पुरस्कार पाएकाहरु छुटेका छन्।

    उनीहरुको बिषयमा आईजीपी ठाकुरप्रसाद ज्ञवालीले अडान लिन नसक्दा गृहले हस्तक्षेप गर्न सफल भएको एक प्रहरी अधिकारीले वताए। स्रोतका अनुसार प्रहरीको सरुवा र वढुवामा अनावश्यक चलखेल गर्दै आएका गृहसचिव महेश्वर न्यौपानेले जुनियर पिएसओलाई वढुवा गर्न आईजीपीलाई दबाब दिंदै आएका थिए।

    तर, गृहसचिवको दबाबसामु आईजीपी निरीह बनेपछि सिनियर र पुरस्कार पाएका सईहरु छुटेका छन् र उनीहरुमाथि ठुलो अन्याय भएको छ।

    इन्स्पेक्टर बढुवा सिफारिसमा गृहमन्त्रीका पिएसओ राजन प्रसाद तिमिल्सिना र गृहसचिवका पिएसओ महेश केसी पर्न सफल भएका छन्।

    दुबै जना  २०६२ भदौमा सईमा बढुवा भएका थिए। त्यसैगरी २०६२ कै सईहरु शरण महर्जन, हरी भट्टराई,उत्तम सिंह भण्डारी, टुपेन्द्र श्रेष्ठ, बभिन्द्र नेम्वाङ र टंक वहाँदुर श्रेष्ठको पनि इन्स्पेक्टर बढुवामा सिफारिस भएको छ।

    स्रोतका अनुसार शरण महर्जनको बढुवाका लागि बालुवाटारबाट प्रधानमन्त्रीका स्वकिय सचिब राजेश ब्रजाचार्यको दबाब परेको थियो भने लोकमानसिंह कार्कीका पूर्व पिएसओ रहेका उत्तमसिंह भण्डारी पनि बढुवा सिफारिसमा पर्न सफल भएका छन् । बढुवा सिफारिसमा कतिपय कारवाही भोगेकाहरु पनि पर्न सफल भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार