एजेन्सी । आईसीसी टी–ट्वान्टी क्रिकेट अन्तर्गत सुपर १२ को दोस्रो खेलमा इङ्ग्ल्यान्डलाई १५८ रनको लक्ष्य दिएको छ ।
मेलबर्न क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आयरल्यान्डले १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५७ रन बनायो ।
आयरल्यान्डका लागि कप्तान एन्डी बाल्ब्रीनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलका उनले ५ चौका र २ छक्का प्रहार गरे । त्यस्तै लोर्कान टुकेरले ३४ रन बनाउँदा कुर्टिस कासफरले १८ रन जोडे ।
बलिङतर्फ मार्क उड र लिम लिभिङस्टनले तीन–तीन विकेट लिए । त्यस्तै साम करनले दुई विकेट लिँदा वेन स्टोकले एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुबै टोली अघिल्लो चरणमा आफूलाई स्थापित गर्ने योजनामा छन् ।
Leave a Reply