Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • समानुपातिक बन्दसूचीबाट हट्यो प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको नाम

    समानुपातिक बन्दसूचीबाट हट्यो प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियारको नाम

    अनलाइन नेपाल
  • मंगलबार, ८ कार्तिक २०७९
  • 1K
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारको नाम समानुपातिकको बन्दसूचीबाट हटाएको छ ।

    नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फको बन्दसूचीमा समावेश परियार विरुद्ध आयोगमा उजुरी परेपछि आयोगले नाम हटाएको हो ।



    परियार नेपाल सरकारको लाभको पद प्रधानमन्त्रीको प्रेस सल्लाहकार धारण गरेकाले उनको नाम बन्दसूचीमा रहेकोमा आवश्यक कारबाही गरिपाऊँ भन्दै कविता नेपालीले उनी विरुद्ध उजुरी गरेकी थिइन ।



    नेपाली काँग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची पेश गर्दा दलिततर्फको चौथो नम्बरमा परियारको नाम समावेश गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार