Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • चाडपर्वले आपसी स्नेहलाई प्रगाढ बनाउन मद्दत पुर्‍याउँछ : प्रधानमन्त्री देउवा

    चाडपर्वले आपसी स्नेहलाई प्रगाढ बनाउन मद्दत पुर्‍याउँछ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • मंगलबार, ८ कार्तिक २०७९
  • 861
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तिहार नेपालको विशिष्ट मौलिक पर्व भएको बताएका छन्।

    तिहारको अवसरमा शुभकामना दिँदै देउवाले यो पर्वले प्रकृति, मानव, जीवन र प्राणी जगतबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको स्नेहसमेत प्रगाढ बनाउन मद्दत पुर्‍याएको बताएका छन्।



    तिहारको अवसरमा खेलिने देउसी भैलोलगायत साँस्कृतिक नाचगानले समाजमा शान्ति, सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको उनको सन्देशमा उल्लेख छ।



    उनले तिहार–२०७९, नेपाल संवत् ११४३, म्हपूजा तथा किजापूजाको शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका कामना गरेका छन्।

    प्रधानमन्त्री देउवाले दीपावलीको उज्यालो प्रकाशले सबैलाई सत्य, धर्म, न्याय र सदाचारको मार्गमा अग्रसर रहन प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार