Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • लुम्बिनीमा पोखरेल नेतृत्वको सरकार ढाल्ने मुख्य योजनाकार फेरि एमालेमै फर्किए

    लुम्बिनीमा पोखरेल नेतृत्वको सरकार ढाल्ने मुख्य योजनाकार फेरि एमालेमै फर्किए

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाका निवर्तमान सदस्य एवं कपिलवस्तुका कांग्रेसका नेता दृगनारायण पाण्डे नेकपा एमाले प्रवेश गरेका छन् ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढाल्ने मुख्य योजनाकार पाण्डे पुनः एमालेमै फर्किएका हुन् ।



    तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता भंग भएपछि पार्टी परित्याग गरेर राष्ट्रिय सभा सदस्य निर्वाचित भएका उनी सोमवार पुनः एमालेमै फर्किएका हुन् ।



    एमालेबाट तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्यसमेत रहेका पाण्डे एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गरेका उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

    उनले सोमवार पुनः एमालेमै फर्कने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यसपटक प्रतिनिधिसभामा टिकटका आकांक्षी उनी टिकट नपाएपछि असन्तुष्ट थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार