Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • गठबन्धनका कारण टिकट नपाएकालाई अरु तरिकाले न्याय गर्छु : प्रधानमन्त्री देउवा

    गठबन्धनका कारण टिकट नपाएकालाई अरु तरिकाले न्याय गर्छु : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 780
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका कारण टिकट खोसिएकालाई अन्य तरिकाले न्याय गर्ने बताएका छन् ।

    सत्तारुढ गठबन्धनले सोमवार काठमाडौंमा आयोजना गरेको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।



    उनले ठूलो लडाइँ लडेर ल्याएको लोकतन्त्र बचाउनको लागि गठबन्धन अपरिहार्य रहेको जिकिर गरे। देउवाले गठबन्धन गर्दा सबै पार्टीका आकांक्षीले टिकट पाउन नसकेको भन्दै भोलिको दिनमा सबै पार्टीले न्याय गर्ने बताए ।



    उनले भने, ‘यो गठबन्धनलाई टिकाउन गठबन्धनका सबैले एक भएर लागेर गठबन्धनको विजय गराउनु पर्नेछ,गठबन्धन बनेको छ, चुनाव जितिहालिन्छ भन्ने भएर सबैलाई टिकट चाहिएको छ ।’

    संविधानले व्यवस्था गरेको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत आउन नसक्ने भएकोले गठबन्धन अपरिहार्य रहेको उनले दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार