Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • अवतरण गर्ने क्रममा कोरियाली विमान धावनमार्गबाट चिप्लिएपछि…

    अवतरण गर्ने क्रममा कोरियाली विमान धावनमार्गबाट चिप्लिएपछि…

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 921
    SHARES

    एजेन्सी । कोरियन एयरलाइन्सको एक विमान फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको छ ।

    भारी वर्षा भइरहेकाले पाइलट दुई पटक गरेको अवतरण प्रयास असफल भएपछि तेस्रो पटकमा अवतरण गर्दा एयरबस ए३३० जहाज धावनमार्गबाट चिप्लिएको हो।



    आइतवार भएको यो घटनाले देशको दोस्रो सबभन्दा व्यस्त विमानस्थल केही समयका लागि अवरुद्ध भएको थियो ।



    विमानमा रहेका सबै १७३ यात्रु र कर्मचारीलाई सुरक्षित रूपमा निकालिएको छ ।

    केही यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ । उक्त जहाज घाँसे मैदानमा गएर धावनमार्गको अन्तिममा अड्किएपछि उक्त विमानस्थलमा उडान र अवतरण हुन सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार