काठमाडौं ।अर्पण शर्माले स्मरण शक्तिका विधामा दोस्रो विश्व रेकर्ड कायम गरेका छन् ।
‘मेमोरी किङ’ को नामले परिचित शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर रचेको उक्त विश्व कीर्तिमान कायम गरेका हुन्।
विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वल्र्ड बूक अफ रेकर्ड’को कार्यालयबाट नेपाल आएलगत्तै रेकर्ड सार्वजनिक भएको हो ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आइतवार शर्मालाई बधाई दिँदै नयाँ विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे ।
उनले ध्यान, साधना र मेमोरी टेक्निकलले यो सम्भव भएको बताए। उनले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर विश्व कृतिमान कायम गरेका थिए।
Leave a Reply