Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद

    ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 774
    SHARES

    फाइल तस्विर

    चितवन । चितवनका विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा पटकाजन्य पदार्थ बरामद गरिएको छ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारका समयमा अवैधरुपमा ल्याइएका र बिक्रीका लागि राखिएका पाँच हजार पाँच सय पटकाजन्य पदार्थ बरामद गरिएको हो ।



    इलाका प्रहरी कार्यालय भण्डाराले पूर्वबाट आएको एक यात्रुबाहक बसबाट मात्रै चार हजार सात सय ३० पटका बरामद गरको छ।



    यस्तै जिल्ला प्रहरी कार्यालयले भरतपुर र आसपासका क्षेत्रबाट झण्डै सात सय पटका बरामद गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

    बरामद गरिएका लाखौँ मूल्य बराबरका पटका नष्ट गरिने उनले बताए । पटका बेच्ने र पड्काउने दुवैलाई सम्झाएर छाडिने गरेको उनले बताए।

    खुला सिमानाका कारण नेपालमा अवैधरुपमा पटकाजन्य पदाथ भित्रिएको प्रहरीको भनाइ छ। चितवन प्रहरीले तिहारको अवसरमा जिल्लामा गस्ती बढाएको र आवश्यक सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार