Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • वन उपभोक्ता समूहका कोषाध्यक्ष घुससहित अख्तियारकाे फन्दामा

    वन उपभोक्ता समूहका कोषाध्यक्ष घुससहित अख्तियारकाे फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    सिन्धुली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुलीका दुईवटा वैज्ञानिक सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्षलाई घुससहित नियन्त्रणमा लिएको छ ।

    सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा तीनपाटन गाउँपालिका १० स्थित जनकल्याण वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष मिनबहादुर घोले र सोही वडास्थित जनसेवा वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष तीर्थबहादुर रानालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।



    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाका अनुसार घोलेको साथबाट ३ लाख र रानाको साथबाट ३० हजार पाँच सय रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिइएको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार