Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रातको समयमा सार्वजनिक स्थलमा फोहोर फाल्नेबाट चार लाख रुपैयाँ जरिवाना असुल

    रातको समयमा सार्वजनिक स्थलमा फोहोर फाल्नेबाट चार लाख रुपैयाँ जरिवाना असुल

    अनलाइन नेपाल
  • आइतबार, ६ कार्तिक २०७९
  • 876
    SHARES

    काठमाडौं । अनधिकृत फोहोर फाल्नेहरूलाई गरिएको कारबाहीका क्रममा काठमाडौं महानगरपालिकाले चार लाख ५०० रुपैयाँ जरिबाना रकम संकलन गरेको छ ।

    रातको समयमा सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति तथा व्यवसायी तथा संस्थाका प्रतिनिधिहरूलाई पक्राउ गरी जरिबाना गरिएको हो ।



    वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए ।



    फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा एक हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसाँ जरिबाना रकम तोक्ने गरिएको छ ।

    भट्ट भन्छन्, ‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन् । कतिपयले आफ्नो फोहोर फाल्न अरूलाई प्रयोग गरेका छन् । कतिपय विद्यार्थीहरूले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनुपरेको बताउने गरेका छन् ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार