काठमाडौं । राजपाकी सांसद अमृतादेवी अग्रहरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले आफ्नो विषयमा संसदमै हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) दिएको भन्दै आपत्ति प्रकट गरिन् ।
शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद अग्रहरीले त्यो अभिव्यक्तिले संसदीय मर्यादामाथि नै आक्रमण भएको बताइन् ।
सांसद अग्रहरीले सांसद गंगा चौधरीको भनाइप्रति आपत्ति प्रकट गर्दै भनिन्,’आफूहरुले हिन्दीमै सपथ लिएको र सजिलोका लागि हिन्दीमा बोल्ने गरेका छाैँ।’
हिन्दी बोल्दैमा भारतीय नहुने र अंग्रेजी बोल्दैमा वेलायती नहुने उनले तर्क गरिन् ।
Leave a Reply