धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रियाको १२ बुँदे सहमतिमा आफूसहित प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको बताएका छन् ।
धनगढीमा जारी सत्ता गठबन्धनको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘जनयुद्धका क्रममा मैले माओवादीलाई भेटेर कुरा गरेको थिएँ । १२ बुँदे सहमतिमा मैले प्रचण्ड र गिरिजाप्रसादले हस्ताक्षर गरेका थियौं । कम्युनिस्ट र कांग्रेसको सहकार्य अहिलेमात्रै होइन । पुरानो हो ।’
उनले सबै कार्यकर्तालाई गठबन्धन दलको औचित्यमा प्रस्ट पारेर चुनावी अभियानमा लाग्न निर्देशन दिए ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै अझै लोकतन्त्रमाथि खतरा रहेको जिकिर गरे । उनले एमालेले संविधान विरोधीहरुसँग गठबन्धन गरेको आरोप लगाए ।
Leave a Reply