धनगढी । प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् ।
सत्तारुढ गठबन्धनले आइतबार सुदूरपश्चिम प्रदेशमा चुनावलक्षित संयुक्त भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा धनगढी पुगेका हुन् ।
धनगढीमा हुने भेलाको गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले समन्वय गर्नेछ। भेलालाई देउवासहित गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
वाम लोकतान्त्रिक गठबन्धनले शनिबार प्रदेश १ को विराटनगर र मधेश प्रदेशमा संयुक्त भेला गरेको थियो।
Leave a Reply