Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • चीनको आरोप: अमेरिकी खुफिया एजेन्सीले अन्य मुलुकलाई अस्थिर बनायाे

    चीनको आरोप: अमेरिकी खुफिया एजेन्सीले अन्य मुलुकलाई अस्थिर बनायाे

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । अमेरिकी खुफिया एजेन्सी सीआइए विश्वका धेरै मुलुकलाई अस्थिर बनाउन लागिपरेको चीनले आरोप लगाएको छ । सीआईले यसका लागि निरन्तर सक्रियता देखाएको चीनको आरोप छ ।

    चिनियाँ विदेश मामलाबारे औपचारिक धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सका अनुसार अमेरिकी पहिलो निती रहेको अमेरिकाको खुफिया एजेन्सीले देशहरुमा लोभ र लालचको आधारमा मुलुकमा अस्थिरता ल्याइ द्वन्द्व सर्जिना गर्न खोज्छन्।



    सीआइए र अमेरिकाले संयुक्त रुपमा लोकतन्त्रका नाममा दमन गरिरहेको र अन्य मुलुकको लाकतान्त्रिक अभ्यासलाई कमजोर विगत देखिनै पारिरहेको उल्लेख छ ।



    अमेरिकाले चीन, हङकङ समेतमा सीआइएको मार्फत रङ्गभेद सिर्जना गरी आफ्नो वर्चस्व कायम गर्न प्रयास गरिरहेको आरोप छ । ‘अमेरिका अन्य देशमा द्वन्द्व फैलाउन माहिर रहेको सबैलाई ज्ञात भएकै छ,’ ग्लोबल टाइम्सले लेखेको छ, ‘अन्य देशहरुमा मानव अधिकार, लोकतान्त्रीक अभ्यास स्वतन्त्रताको नारालाई हावा दिइ प्रवेश गर्ने गर्दछ ।’ आफ्नो नितीलाई कायम गर्ने उक्त देशहरुमा द्वन्द्व पैदा गरी आफ्नो इच्छा अनुकुल त्यहाँ स्थापित हुने उल्लेख गरेको छ । यसमा सीआइएको भुमिका अत्यधिक देखा परेको उल्लेख छ । उक्त समस्या समाधान नहुने गरी द्वन्द्वलाई सिर्जना गर्न खपिस रहेको चिनिया सञ्चार माध्यममा उल्लेख छ ।

    अन्य देशहरुमा गरिरहेको गतिविधिले यसपटक अमेरिकालाई नै रङ्गभेदको प्रर्दशनको समाना गर्नु परेको ग्लोबल टाइम्सले लेखेको छ । अमेरिकाको नीति स्वयं अमेरिकालाई नै आफ्नो देशमा भारी परिरहेको छ । सन् १९८० मा एसिया र यूरोपमा अहेरिकी सरकारले रङ्गभेदको मामलालाई हावा दिएका थिए । यसपटक भने हावाले मोड बदलेको देखिन्छ । अहिले अमेरिकामा भयाबह अवस्था सिर्जना भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार