Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • अमेरिकामा महात्मा गान्धीको प्रतिमा तोडफोड

    अमेरिकामा महात्मा गान्धीको प्रतिमा तोडफोड

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 2.4K
    SHARES

    एजेन्सी । अमेरिकास्थित भारतीय दूतावास अगाडि रहेको महात्मा गान्धीको प्रतिमा तोडफोड भएकाे छ। अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयड हत्याको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले महात्मा गान्धीको प्रतिमा तोडफोड गरेका हुन् ।

    अश्वेत अमेरिकी नागरिकको प्रहरी हिरासतमै मृत्यु भएपछि अमेरिकामा आन्दोलन चर्काइएको छ । प्रतिमामा आक्रमण गरेर तोडफोड गर्ने व्यक्तिको खोजी भइरहेको र पत्ता लगाएर कानुनअनुसार कारवाही गरिने अमेरिकी प्रहरीले जनाएको छ ।



    गत मे महिनाको २५ मा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा मृत्यु भएको थियो । अश्वेत ती व्यक्तिलाई अमेरिकी प्रहरीले हत्या गरेको आरोप लागेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार