काठमाडौं । न्युजिल्यान्डले आइसिसी टी-२० विश्वकपमा साविक विजेता अष्ट्रेलियामाथि ८९ रनको सानदार जित निकालेको छ ।
घरेलु टोलीमाथि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको न्युजिल्यान्डले प्रतियोगितामा विजयी सुरूवात गरेको हो ।
जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १७.१ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।
आजै हुने दोस्रो खेलमा इङ्ल्याण्डले अफगानिस्तानको सामना गर्दैछ ।
Leave a Reply