Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • थारु समुदायलाई मधेशीमा सूचीकृत गरिएकोप्रति अधिकारकर्मीद्धारा विरोध

    थारु समुदायलाई मधेशीमा सूचीकृत गरिएकोप्रति अधिकारकर्मीद्धारा विरोध

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 849
    SHARES

    काठमाडौं । थारु समुदायलाई मधेशी क्लस्टरमा समावेश गरेकोप्रति थारु अधिकारकर्मीहरूले विरोध गरेका छन् ।

    थारु कल्याणकारिणी सभा, थरुहट थारुवान राष्ट्रिय मोर्चा, थारु विद्यार्थी समाज, थारु नागरिक समाजले संयुक्त विज्ञप्ति जारी गर्दै थारु समुदायलाई मधेशीमा सूचीकरण नगर्न माग गरेका हुन् ।



    थारु कल्याणकारिणी सभाका कार्यवाहक सभापति माधव चौधरीले थारु जातिलाई मधेशीमा समावेश गरिनु गैरजिम्मेवारीपूर्ण कार्य रहेको बताए ।



    मधेशी आयोगले पेस गरेको चौंथो वार्षिक प्रतिवेदनमा थारु समुदायलाई मधेशी क्लस्टरमा सूचीकरण गरिएको छ।

    मधेशी आयोगले आधार प्रमाणबिना राजनीतिक आडमा आदिवासी थारु जातिलाई मधेशीमा सूचीकरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार