एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई डेंगु संक्रमण भएको छ ।
संक्रमण कायमै रहेको अवस्थामा खानले बिग बोस १६ को प्रस्तोता हुन नसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हाल बिग बोस १६ लाई लोकप्रिय बनाउन धेरै मेहनत गरिरहेका बेला खान बिरामी परेका छन् । खान बिरामी परेका बेला करण जोहरले प्रस्तोताको भूमिका निभाउने भएका छन् ।
प्रस्तोताको रूपमा करणलाई खानले नै छानेका हुन् । चिकित्सकले खानलाई आराम गर्न सल्लाह दिएका छन् ।
Leave a Reply