Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • कोरोना अपडेट: विश्वभर ३ लाख ९२ हजारको मृत्यु, ६६ लाख ९२ हजार संक्रमित

    कोरोना अपडेट: विश्वभर ३ लाख ९२ हजारको मृत्यु, ६६ लाख ९२ हजार संक्रमित

    अनलाइन नेपाल
  • शुक्रबार, २३ जेष्ठ २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको महामारीले विश्वभर एकैदिन अरू ५ हजार ४९९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ९२ हजार २८६ पुगेको छ ।

    ३० लाख ५८ हजार ७७४ जनाको उपचार भइरहेकोमा ५५ हजार ४६१ जनाको अवस्था गम्भीर छ भने ३२ लाख ४१ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।



    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ७७ हजार ८८ जनाको मृत्यु भएको छ ।



    २० लाख ४५ हजार १५० जना संक्रमित भएकोमा १० लाख ४२ हजार ९० जना संक्रमणमुक्त भएका छन् ।

    उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३१ हजार १४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २१ लाख ७५ हजार ६९१ पुगेको छ । त्यसमध्ये ८ लाख ६४ हजार ९९९ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरुमा ३३ हजार ५८ जनाको मृत्यु भएको छ । १२ लाख ६० हजार १ जना संक्रमित भएकोमा ७ लाख ६५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरुमा ४६ हजार ७५ जनाको मृत्यु भएको छ । १० लाख ३० हजार ९० जना संक्रमित भएकोमा ४ लाख ८४ हजार ३६२ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरुमा ४ हजार ७८३ जनाको ज्यान गएको छ भने १ लाख ७२ हजार १८३ जना संक्रमित छन् । संक्रमितमध्ये ७५ हजार ८३० जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८५० जना संक्रमित भएकोमा ८ हजार २३३ जना संक्रमणमुक्त भएका छन् ।

    महामारीले विश्वभर ६६ लाख ९२ हजारभन्दा बढी संक्रमित भएका छन् । विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरि ६६ लाख ९२ हजार ६८६ जना संक्रमित भएका छन् ।

    पछिल्लो २४ घण्टामा १ लाख २९ हजार ९९० जना नयाँ संक्रमित थपिएका छन् । २० लाख ४५ हजार १५० जना संक्रमित भएकोमा १० लाख ४२ हजार ९० जना संक्रमणमुक्त भएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार