काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावको समयमा फेक समाचारको कारखानै खुल्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।
अभिमुखीकरणको १५ औँ शृङ्खलामा बोल्दै उनले निर्वाचनमा झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गरेका हुन् ।
उनले कुनै उम्मेदवार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने जस्ता काम गर्न नहुने पनि बताए ।
चुनावलाई स्वच्छ र निर्बाध ढंगले सम्पन्न गर्न मिडियाको ठुलो भूमिका रहने उनले बताए । निर्वाचनमा सञ्चार माध्यमले संयमित भएर सत्य, तथ्य, सन्तुलित समाचार सम्प्रेषण गर्न उनको सुझाव छ ।
Leave a Reply