काठमाडौं – अबको २४ घण्टासम्म नै मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।
अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले आज दिनभरजसो र राति पनि मुलुकका बिभिन्न भू-भागमा वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का अधिकांश भू-भागमा वर्षा भइरहेको छ । दिउँसोसम्म बाँकी प्रदेशमा पनि वर्षा हुनेछ । यो क्रम रातिसम्म नै कायम रहने महाशाखाले जनाएको छ ।
Leave a Reply