Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • अध्यक्ष ओली भन्छन् – जनताको ‘महाअदालत’ ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउँछ

    अध्यक्ष ओली भन्छन् – जनताको ‘महाअदालत’ ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउँछ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 744
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो मङ्सिर ४ गतेपछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने दाबी गरेका छन् ।

    लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अदालतले आफू नेतृत्वको सरकार हटाएको उल्लेख गर्दै उनले मङ्सिर ४ गते बस्ने जनताको ‘महाअदालत’ ले आफ्नो पार्टी नेतृत्वमा सरकार बनाउने बताए । उनले जनताको फैसला आफ्नो पार्टीको पक्षमा हुने गरी परिचालित हुन पार्टीका नेता, कार्यकर्तालाई सचेतसमेत गराए ।



    उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि जनकपुरमा चलिरहेको रेलको गतिमा विकास, निर्माणको कामले गति पाउने आश्वासन दिँदै त्यसका लागि गाउँ–गाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार