Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • माधव नेपाल भन्छन् – ओलीले चुनाव जिते देशै छाड्ने अवस्था आउनसक्छ

    माधव नेपाल भन्छन् – ओलीले चुनाव जिते देशै छाड्ने अवस्था आउनसक्छ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 771
    SHARES

    रूपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच एकता सन्देश दिन गठबन्धनका दल सबै प्रदेशमा पुगेको बताएका छन् ।

    बुटवलमा भएको लुम्बिनी प्रदेशस्तरीय गठबन्धन कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    नेपालले भने, ‘जेजति अनुचित काम भएका छन् । ति सवै किसिमका अनुचित काम केपी ओलीका पालामा भएका छन् ।’ प्रतिगामीलाई ठेगान लगाएको भन्दै उनले यो अभियान नचालेको भए सबै उपलब्धि गुम्ने दाबी गरे ।



    एमाले अध्यक्ष केपी शर्मा ओली हिटलर बन्न खोजेको उनको आरोप थियो । नेपालले भने, ‘अब देश छाड्नुपर्न सक्छ अब पनि उनले शक्ति पाए थप क्षति हुनसक्छ ।’

    राप्रपासँग ओलीको गठबन्धन देशघाती भएको र आफूहरूको गठबन्धन आवश्यकतामा आधारित भएको उनको जिकिर छ ।

    ओलीविरुद्ध आन्दोलन गरेर निकै ठुलो संकटबाट मुलुकलाई बचाएको भन्दै उनले त्यसरी पहल र अग्रसरता नलिएको भए देश राजनीतिक स्थिरताको दिशामा अघि नबढी अधिनायकवाद, निरंकुश सत्ता हावी हुने अवस्था आउनबाट रोकिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार