Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • यो गठबन्धन संविधान रक्षार्थ र पवित्र उद्देश्यले बनेको हो : माधव नेपाल

    यो गठबन्धन संविधान रक्षार्थ र पवित्र उद्देश्यले बनेको हो : माधव नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 576
    SHARES

    पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन पवित्र उद्देश्यले बनेकाले सबै एकजुट हुनुपर्ने बताएका छन् ।

    पोखरामा भएको सत्तारुढ गठबन्धनको भेलामा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।



    उनले विपक्षी गठबन्धन जस्तो अप्राकृतिक तरिकाले यो गठबन्धन नबनेको बताए । यो गठबन्धन संविधान रक्षार्थ र प्राकृतिक र पवित्र भएको उद्देश्यका साथ बनेको हो ।



    अध्यक्ष नेपालले भने, ‘हाम्रो ध्यान सत्तामा पुग्ने मात्र होइन जनतालाई न्याय दिने, सुखी जीवनको प्रत्याभूति, रोजगारी, उत्पादकत्व बताउन बनेको हो ।’

    नेकपा एमाले र जनता समाजवादी पार्टी लगायतको गठबन्धन प्रतिगामी गठबन्धन भएको उनको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार