Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • गठबन्धनका उम्मेदवारलाई भोट हाल्दिन भन्दा पाप धुरीबाट कराउँछ : प्रचण्ड

    गठबन्धनका उम्मेदवारलाई भोट हाल्दिन भन्दा पाप धुरीबाट कराउँछ : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 759
    SHARES

    पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने चुनावमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुने बताएका छन् ।

    पोखरामा सत्ता गठबन्धनका कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रचण्डले भने, ‘निर्वाचनमा हँसिया हतौडाकाले रुखमा, रुखवालाले हँसिया हतौडामा वा कलममा भोट हाल्दिनँ भनेको पनि सुनेको छु ।



    गठबन्धनलाई भोट नहाल्नु सुसाइड हो । तपाईं आफू नि जित्नु हुन्नँ, अर्काले नि जित्दैन । प्रतिगमनको खतरा मिलेर मात्रै परास्त गर्न सकिन्छ ।’

    संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरुले पाएको बताए ।

    ‘स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर सोचेजस्तो भएन’, उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’

    ठूलो संघर्षपछि ल्याएको परिवर्तन उल्ट्याउन र राष्ट्रिय एकता खण्डित गर्न एमाले नेतृत्वको गठबन्धन बनेको प्रचण्डको आरोप छ । देशलाई घातकरूपमा पछि धकेल्न अर्को गठबन्धन उद्धत रहेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार