Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु

    मोरङ कारागारका कैदीको उपचारका क्रममा मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ४ कार्तिक २०७९
  • 885
    SHARES

    मोरङ । मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ ।

    विराटनगरस्थित जिल्ला कारागारमा जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको हो ।



    निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा बिहीबार साँझ ५ बजेतिर विकको मृत्यु भएको हो । मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।



    जबरजस्ती करणी मुद्दामा विकलाई जिल्ला अदालत मोरङले २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार