एजेन्सी । श्रीलङ्का र नेदरल्यान्ड्स आईसीसी टी–२० विश्व कप क्रिकेटको सुपर–१२ मा प्रवेश गरेका छन् ।
बिहीवार श्रीलङ्काले नेदरल्यान्ड्सलाई हराउँदै सुपर १२ मा पुगेको हो भने यूएईले नामिबियालाई हराउँदा नेदरल्यान्ड्स पनि दोस्रो राउन्डमा पुगेको हो ।
साइमन्ड्स स्टेडियम जिलोङमा भएको पहिलो खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई १६ रनले हरायो । श्रीलङ्काले दिएको एक सय ६३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले पूरै २० ओभर खेल्दै नौ विकेट गुमाएर एक सय ४६ रनमात्रै बनाउन सक्यो ।
यस्तै यूएईलाई हराउनै पर्ने खेलमा नामिबिया पराजित भएपछि नामिबिया सुपर १२ मा पुग्न पाएन ।
नामिबियाको हारले नेदरल्यान्ड्स सुपर १२ मा पुग्यो । यूएईले दिएको एक सय ४९ रनको लक्ष्य पछ्याएको नामिबियाले आठ विकेट गुमाएर एक सय ४१ रनमात्रै बनाउन सक्यो । भोलि समूह ‘बी’ बाट सुपर १२ मा पुग्ने दुई टोलीको टुङ्गो लाग्नेछ ।
Leave a Reply