Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • रुकुम घटनाका मृतकको सम्झनामा बौद्ध स्तुपामा दीप प्रज्ववलन

    रुकुम घटनाका मृतकको सम्झनामा बौद्ध स्तुपामा दीप प्रज्ववलन

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघले रुकुम पश्‍चिमको चौरजहारस्थित सोतीका स्थानीयको आक्रमणमा ज्यान गुमाएका ६ जना युवकको सम्झनामा बौद्ध स्तुपामा दीप प्रज्ववलन गरेको छ।

    ज्यान गुमाएकाप्रति श्रद्धाञ्‍जलीस्वरुप  बिहीबार साँझ बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको नेबिसंघले जनाएकाे छ । श्रद्धाञ्‍जली सभामा नेपाली कांग्रेसका सांसद प्रकाश स्नेहीसहित  विद्यार्थी नेताहरु पनि सहभागी थिए।



    स्‍नेहीले घटनाको संसदीय छानबिन समितिद्वारा सत्य तथ्य बाहिर ल्याउनु पर्नेमा जोड दिए। कार्यक्रममा बोल्दै नेविसंघका निवर्तमान केन्दीय सदस्य नवराज त्रिपाठीले माओवादीले सेनाप्रहरीमाथि छापामार शैलीमा गरेको आक्रमण जस्तै निहत्था युवकको रुकुममा हत्या गरिएको बताए।



    उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी सबैलाई कारवाही नगरे जातीय विभेदको घटना कहिल्यै निर्मूल नहुने उनले बताए। नेविसंघ शहिद आदर्श क्याम्पसले आयोजना गरेको कार्यक्रममा जातीय विभेदविरुद्धका विभिन्‍न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको नेविसंघ नेता मनीष सिंखडाले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार