Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • सहमहामन्त्री डिना भन्छिन् – लोकतन्त्रमाथि प्रहार गर्ने तत्वबाट मुलुकलाई गठबन्धनले जोगाएको हो

    सहमहामन्त्री डिना भन्छिन् – लोकतन्त्रमाथि प्रहार गर्ने तत्वबाट मुलुकलाई गठबन्धनले जोगाएको हो

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 903
    SHARES

    मकवानपुर । कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने तत्वबाट मुलुकलाई पाँच दलीय गठबन्धनले नै जोगाएको बताएकी छिन् ।

    नेपाली कांग्रेस बकैया गाउँपालिकाको आयोजनामा बुधबार बकैयामा भएको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।



    ‘पटक पटक संसद् विघटन गर्ने, संविधान र लोकतन्त्रमाथि प्रहार गर्ने तत्वबाट मुलुकलाई पाँच दलीय गठबन्धनले नै जोगाएको हो,’ उनले भनिन् । उनले फेरि पनि त्यस्ता तत्वले जितेमा मुलुकको विकास हुन नसक्ने धारणा व्यक्त गरिन् ।



    यस्तै उनले सत्तारुढ गठबन्धनले हारेमा मुलुक र लोकतन्त्र संकटमा पर्ने बताइन् । मंसिर ४ गतेसम्मलाई गठबन्धनका उम्मेदवारलाई जिताउन आफूसंग भएका सम्पूर्ण संयन्त्र प्रयोग गर्न उनले नेता कार्यकर्तालाई अनुरोध समेत गरेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार