काठमाडौं । हुण्डीको ४१ लाख ९६ हजार रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलवार भारतको हरियणा प्रदेश घर भएका ३७ वर्षीय नवीन गोयाल र कपिलबस्तु कृष्णनगर घर भएका ४५ वर्षीय उमेश महेश्वरीलाई पक्राउ गरेको हो।
ढल्कोमा भारतीय नागरिक लिएको फ्ल्याटबाट ४१ लाख ९६ हजार रुपैयाँ फेला परेको उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।
स्रोत नखुलेको उक्त रकम हुन्डी कारोबारमा प्रयोग भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
Leave a Reply