Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • एनटीएका अध्यक्ष खड्का अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको एसियाबाटै एक्लो निर्णायक

    एनटीएका अध्यक्ष खड्का अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको एसियाबाटै एक्लो निर्णायक

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । नेपाली अन्तर्राष्ट्रिय निर्णायक एवम् नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्का कोभिड– १९ भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको निर्णायक मण्डलमा मनोनित भएका छन्।

    एसियाली महादेशबाटै मनोनित हुने खड्का एक मात्र निर्णायक हुन् । खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना निर्णायक चयन भएका छन् ।



    खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुन्। युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा नेपाली समय अनुसार आज राति १२ बजेदेखि प्रतियोगिता सुरु हुँदैछ ।



    चारदिने प्रतियोगिता ‘जुम’ प्रविधि मार्फत प्रत्यक्ष हुने छ।

    प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अत्ति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने खड्काले बताए ।

    सहभागी खेलाडीले दर्ता शुल्कवापत १०० अमेरिकी डलर बुझाउनु पर्ने छ भने निर्णायकले पनि पारिश्रमिक वापत प्रति दिन १०० अमेरिकी डलर पाउने छन् । उक्त रकम पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरूप प्रदान गरिने खड्काले अनलाई नेपाललाई बताए ।

    खड्का तिनै व्यक्ति हुन्, जसले कोरोना भाइरस (कोभिड–१९) को महामारीका बेला राहत वितरण गरिरहेका छन् । लकडाउन भएदेखि नै खड्काले विशेष गरि दैनिक ज्यालादारी गरेर खाने, शारिरिक अपांगता भएका, बृद्द बृद्दा, सुत्केरी एवम् सडकमा अलपत्र भएकाहरुलाई राहात बितरण गरेको बताए ।

    यतिबेला खड्काले राहतमात्र वितरण गरेका छ्रैनन् दुई जना मृगौला पिडितलाई पनि आर्थिक सहयोग गरेका छन् ।

    एनटीएका अध्यक्ष एवम् तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काले आफ्नै पहलमा काठमाडौंमै नेप्लिज तेक्वान्दो एकेडेमीको भवन समेत निर्माण गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार