Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा

    रुपन्देही-२ का उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 702
    SHARES

    काठमाडौं । रुपन्देही २ सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । अन्तरिम आदेशको सम्बन्धमा सुनुवाइका लागि पेसी तोकिए पनि सो रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

    गुरुङको मुद्दाको सुनुवाइका लागि बुधबार २८औं नम्बरमा उनको मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा पेसी तोकिएको छ ।



    यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।



    बैंकिङ कसुरमा कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    यसअघि असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार