Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ओम्नी समुहको स्वार्थमा स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन

    ओम्नी समुहको स्वार्थमा स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 3.2K
    SHARES

    काठमाडौं। सरकारले  ओम्नी समुहको स्वार्थमा  स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन गरेको छ । महानिर्देशक महेन्द्र श्रेष्ठलाई हटाएर डा. दीपेन्द्ररमण सिंहलाई नयाँ महानिर्देशक बनाएको छ ।

    स्वास्थ्य उपकरण तथा सामग्री खरिद हेर्ने महाशाखा व्यवस्थापनमा समेत निर्देशक भोगेन्द्र डोटेलको स्थानमा डा. रमेश खरेलको पठाइएको छ ।



    स्वास्थ्य सेवाअन्तर्गत प्रमुख विशेषज्ञ  तीनजनामध्ये डा. सिंहलाई महानिर्देशक बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । सचिवसरहको पद भएकाले महानिर्देशक नियुक्ति मन्त्रिपरिषद्ले मात्रै गर्न सक्छ ।



    ओम्नी समुहसँगको मेडि कल सामाग्री खरिद प्रकरणमा मन्त्रालयसँग आवश्यक समन्वय नगरी एकतर्फी रूपमा सम्झौता रद्द गरेसँगै स्वास्थ्य मन्त्री भानुभक्त ढकाल  र उपप्रधानमन्त्री ईश्वर पोखरेलसमेत श्रेष्ठसँग असन्तुष्ट थिए ।

    ओम्नी समुहका कर्तुतहरु बाहिर ल्याउन भूमिका खेलेको भन्दै उनको सरुवा गरिएको बुझिएको छ। मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशक डा.जागेश्वर गौतमलाई पनि मन्त्रालयमा सरुवा गरेको छ । उनको ठाउँमा डा. संगीता कौशलको सरुवा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार