काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर हुँदा अहिलेसम्म प्राप्त उपलब्धिहरू उल्टने खतरा रहेको टिप्पणी गरेका छन् ।
आज प्रेस सेन्टर ललितपुरसँग छलफलका क्रममा प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।
उनले मंसिर ४ को चुनाव अहिलेसम्म प्राप्त उपलब्धि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालगायत रक्षा गर्न खोज्ने र उपलब्धि तथा परिवर्तन उल्टाउन खोज्ने बीचको लडाइँ भएको बताए ।
यस पटकको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अरूबेला हुनेजस्तो सामान्य चुनाव नभएको उनको भनाई छ । उनले अग्रगमन र प्रतिगमनबीचको लडाइँ मंसिर ४ को चुनाव भएको पनि बताए ।
Leave a Reply