काठमाडौं । नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई आज अदालत लैजाने तयारी गरिएको छ ।
उनलाई तेस्रोपटक म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको हो । नेपाली क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि निलम्बनमा परेका थिए ।
करिब एक महिनाजति विदेशमै रहेका लामिछाने नेपाल आउनेबित्तिकै त्रिभुवन विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
एक नाबालिगलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध गत भदौं २१ मा वृत्त गौशालामा जाहेरी परेको थियो । प्रहरी अधिकारीहरुका अनुसार सन्दीपविरुद्ध अन्तिमपटकका लागि सात दिन म्याद लिने तयारी छ ।
Leave a Reply