Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा पुनः ‘विप्लव’

    नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा पुनः ‘विप्लव’

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 729
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा नेत्रविक्रम चन्द ‘विप्लव’ पुनः चयन भएका छन् ।

    कपिलवस्तुमा भएको नवौं महाधिवेशनले चन्दलाई पुनः महासचिव बनाएको हो । विप्लवको नेतृत्वमा ८१ सदस्यीय पूर्ण केन्द्रीय समिति निर्वाचित गरिएको छ ।



    ८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ जना पछि थप्ने गरी ७८ जनालाई निर्वाचित गरेको छ भने ४५ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।



    ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरूमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने बताइएको छ । महाधिवेशनले १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार