Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • एकै ठाउँमा भयो रोशनी र शरदको अन्त्यष्टी, चिनजानकै व्यक्तिबाट हत्याको आशंका !

    एकै ठाउँमा भयो रोशनी र शरदको अन्त्यष्टी, चिनजानकै व्यक्तिबाट हत्याको आशंका !

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 1K
    SHARES

    दाङ । दाङमा हत्या गरिएका किशोर-किशोरीको मंगलबार एकै साथ अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासनसँग सहमतिपछि मंगलबार दिउँसो आफन्तले शव बुझ्दै तुलसीपुर–१२ स्थित बबई नदी घाटमा उनीहरुको एकै साथ अन्त्येष्टि गरिएको हो ।

    तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँको सामुदायिक जंगलबीच चिरोमा असोज ३० गते हत्या गरी गाडेको अवस्थामा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद अचार्यको शव फेला परेको थियो ।



    अलगअलग चितामा उनीहरूको अन्त्येष्टि गरिएको बताइएको छ । गत असोज २७ राति घरबाट हराएका शरद–रोशनी शव आइतबार दमार गाउँको जंगलमा फेला परेको थियो । प्रहरीका अनुसार उनीहरूको मोबाइल फोन मंगलबार दिउँसो फेला परेको छ। घटनाको अनुसन्धान गर्न आइतबार नै कोहलपुरबाट तालिम प्राप्‍त कुकुर ल्याइएको थियो।



    कुकुरकै सहयोगमा मोबाइल फेला परेको जिल्ला प्रहरी प्रवक्‍ता डिएसपी राजन गौतमले जानकारी दिए । मृतकको शरीरमा चोटपटक देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले यसअघि नै घटनाको प्रकृति हेर्दा चिनजानकै व्यक्तिबाट हत्या भएको हुनसक्ने बताउँदै आएको छ।

    घटनाका विषयमा अनुसन्धान भइरहेको र नयाँ तथ्य फेला नपरेको बताइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जना भन्दा धेरैसँग सोधपुछ गरिसकेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार