Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आईजीपी धिरज प्रताप सिंह दिल्लीमा, इन्टरपोलको ९०औं महासभा उद्‍घाटन

    आईजीपी धिरज प्रताप सिंह दिल्लीमा, इन्टरपोलको ९०औं महासभा उद्‍घाटन

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको ९०औं महासभा मंगलबार भारतको नयाँ दिल्लीमा उद्‍घाटन भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहबीच महासभाको उद्‍घाटन गरेका हुन् ।

    उक्त महासभामा भाग लिन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको नेतृत्वमा ५ सदस्यीय टोली हिजो सोमबार नै त्यसतर्फ प्रस्थान गरेको थियो ।



    उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अहिलेको ग्लोबलाइजेसनको युगमा इन्टरपोल बिना विश्वको कल्पना गर्न नसकिने भएकोले इन्टरपोललाई अझ सशक्त बनाउनुपर्ने बताए ।



    विशेषतः साइबर क्राइम, टेरोरिजम र बालबालिकामाथिको शोषण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रहरी समन्वय र सहयोगलाई अझ मजबुद बनाउँदै लैजान अपरिहार्य रहेको उनले उल्लेख गरे ।

    उद्‍घाटन समारोहमा भारत सरकारका गृहमन्त्री अमित शाह लगायतका मन्त्रीहरुको सहभागिता रहेको थियो । उक्त महासभामा नेपाल सहित १ सय ७५ राष्ट्रका प्रहरी प्रमुख तथा उच्च अधिकृतहरूको सहभागिता रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार