Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • आफन्तले तीन दिनपछि बुझे शरद र रोशनीको शव

    आफन्तले तीन दिनपछि बुझे शरद र रोशनीको शव

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 681
    SHARES

    फाइल तस्विर

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा फेला परेको दुई किशोर किशोरीको शव तीन दिनपछि आफन्तले बुझेका छन् ।

    असोज ३० गते जंगलमा हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा फेला परेको दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र सोही ठाउँमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव आफन्तले बुझेका हुन् ।



    यसअघि दोषीलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका थिएनन् भने पोष्टमार्टम गर्न समेत नदिने अडान लिएका थिए । स्थानीय प्रशासनसँग सहमतिपछि मंगलबार दिउँसो शव बुझेको प्हरीले जनाएको छ ।



    मृतक दुबै जनाको पोष्टमार्टम राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा गरिएको छ । पोष्टमार्टमपछि आफन्तलाई शव जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार