Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • केपी शर्मा ओलीले संसदलाई मनपरी ढंगले भंग गरे : प्रधानमन्त्री देउवा

    केपी शर्मा ओलीले संसदलाई मनपरी ढंगले भंग गरे : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 795
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई मनपरी ढंगले भंग गरेको बताएका छन् ।

    ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई संम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।



    देउवाले भने, ‘राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गरियो, विहान गरेको भए राति ६/७ बजेतिर गरेको भए पनि हुन्थ्यो । त्यस्तो किसिमको लहडमा भंग गर्न थालेपछि त के के गर्नुहुन्छ गर्नुहुन्छ, त्यसैले हामीले संसद बचाउन आवश्यक थियो ।’



    संविधान बनाउँदा नै कुनै हालतमा संसद विघटन गर्न नपाइने उल्लेख गरिएको भन्दै देउवाले लोकतन्त्रमा आवधिक निर्वाचनको महत्व हुने बताए ।

    प्रधानमन्त्री देउवाले अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बस्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार