Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • प्रधानमन्त्री देउवाले भने – हँसिया, कलम, रुख जे छ त्यसैमा भोट हाल्ने, किन चाहियो अरु कुरा?

    प्रधानमन्त्री देउवाले भने – हँसिया, कलम, रुख जे छ त्यसैमा भोट हाल्ने, किन चाहियो अरु कुरा?

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 816
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हँसिया हथौडामा भोट हाल्न हिच्किचाउन नपर्ने बताएका छन्।

    सत्ता गठबन्धनले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।



    देउवाभन्दा अघि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसीहरु हँसिया हथौडामा भोट हाल्न हिच्किचाउने गरेको तर्फ संकेत गरेपछि देउवाले यस्तो बताएका हुन्।



    ‘मैले त गएको चुनावमा हँसिया हथौडामा भोट हालिसकेँ, फेरि आउने चुनावमा हाल्दैछु, कांग्रेसका सबै साथीले बुझेका छन्’,

    उनले भने, ‘हँसिया भएको ठाउँमा हँसिया, कलम भएको ठाउँमा कलम, रुख भएको ठाउँमा रुखमा नै भोट हाल्ने हो यति गरे पुगिहाल्यो नि! किन चाहियो अरु कुरा?’

    उनले गठबन्धन दलबीच कुनै अविश्वास नरहेको भन्दै गठबन्धन राम्रोसँग चलेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार