Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • पाकिस्तानी सेना प्रमुखले आगोसँग नखेल्न भन्दै भारतलाई दिए चेतावनी

    पाकिस्तानी सेना प्रमुखले आगोसँग नखेल्न भन्दै भारतलाई दिए चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 3.8K
    SHARES

    एजेन्सी । पाकिस्तानी सेनाको इन्टर सर्भिसेस पब्लिक रिलेसन्सका निर्देशक मेजर जनरल बबर इफतिखरले भारतलाई सैन्य दुस्साहस नगर्न र आगोसँग नखेल्न चेतावनी दिएका छन् ।

    उनले पाकिस्तानविरुद्ध सैनिक कारवाही गरे पाकिस्तानी सेना चुप लागेर नबस्ने चेतावनी दिए। उनले पाकिस्तान आगो भएकाले ‘आगोसँग नखेल्न’ चेतावनी दिए।



    इफ्तिकारले भने, ‘भारतको अहिलेको नेतृत्व यी सबै विषयबाट ध्यान भड्काउन पाकिस्तानसँग युद्धको बहाना खोजिरहेको छ । तर भारतले पाकिस्तानतर्फ आक्रामक रूपमा बढ्न खोजेमा पाकिस्तानले सशक्त जवाफ फर्काउँछ भन्ने मेरो धारणा छ । यसमा कसैले शंका गर्नुहुँदैन ।’



    इफतिखरले कोरोनाका कारण भारतको अर्थतन्त्र विनाश भएको भन्दै नरेन्द्र मोदी सरकारले आफ्नो असफलता लुकाउन पाकिस्तानमाथि आरोप लगाइरहेको बताए ।

    उनले भने, ‘अगस्ट ५ पछि भारतले कश्मीरका विषयमा उठाएका कदम पनि ब्याकफायर हुन पुगे । नागरिकता संशोधन कानून ल्याएर मुसलमानविरोधी लहर उत्पन्न गरियो र यसलाई संसारले अनुभव ग¥यो । भारत हरेक तहमा असफल र लज्जित भइरहेको छ ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार