Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • मौनअवधि वाहेक भेला, आमसभा, गोष्ठी र सेमिनार रोक्नु उचित होइन : विमलेन्द्र निधि

    मौनअवधि वाहेक भेला, आमसभा, गोष्ठी र सेमिनार रोक्नु उचित होइन : विमलेन्द्र निधि

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमिलेन्द्र निधिले मौन अवधिभन्दा बाहेकमा भेला, आमसभा, गोष्ठी, र सेमिनार रोक्न नहुने बताएका छन् ।

    आयोगले निर्वाचन आचारसंहिता विपरित कात्तिक १८ भन्दा अघि निर्वाचन प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको उम्मेदवारी मनोनयन नै खारेज गर्नसक्ने चेतावनी दिएको थियो ।



    निर्वाचनलाई भड्किलो नबनाउन र मर्यादित रुपमा प्रचारप्रसार गराउन निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ मा यस्तो व्यवस्था गरेको हो । तर नेताहरुले यसको विरोध गरेका छन् ।



    निधिले भेला, आमसभा, गोष्ठी,सेमिनार लोकतन्त्रको अपरिहार्य कृया, लक्षण र प्रतीक भएको टिप्पणी गरे । आयोगको यस्तो व्यवस्थाप्रति दलहरु कसरी सहमत भए भन्दै उनले प्रश्नसमेत गरेका छन्।

    उनले लेखेका छन् – ‘भेला, आमसभा, गोष्ठी,सेमिनार लोकतन्त्रको अपरिहार्य कृया, लक्षण, प्रतीक हो । सार्वभौम जनताको नैसर्गिक र सार्वकालिक अधिकार हो । यो सधैं निर्वाध प्रयोग हुने विषय हो । कानुन र निर्देशिकाले निषेध गर्न पाईदैन,व्यवस्थित (रेगुलेट) गर्ने मात्रै ह‍ो । मौनअवधि वाहेक रोक्नु उचित होइन । दलहरु कसरी सहमत भए ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार