काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल कुमार घिमिरे ‘पूर्णशान्ति पुरस्कार’ बाट सम्मानित भएका छन् ।
प्रहरी प्रधान कार्यालयले ६७औं प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा डीएसपी घिमिरेलाई ‘पूर्णशान्ति पुरस्कार’ प्रदान गरेको हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरी वृत्त कालिमाटीमा कार्यरत डीएसपी घिमिरेलाई ‘पूर्णशान्ति पुरस्कार’ प्रदान गरेका हुन् ।
‘पूर्णशान्ति पुरस्कार’ पूर्व आईजीपी पूर्णबहादुर खवास र उनकी पत्नी शान्तिदेवी खवासले स्थापना गरेका हुन् । कुल ५० हजार राशि बराबरको सो पुरस्कार २५ हजार नगद र २५ हजार बराबरको मेडल दिने गरिन्छ ।
Leave a Reply