Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • गोरखामा जीप दुर्घटना हुँदा वडा सचिवको घटनास्थलमै मृत्यु

    गोरखामा जीप दुर्घटना हुँदा वडा सचिवको घटनास्थलमै मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २२ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    फाइल फोटो

    गोरखा – गोरखामामा जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएकाे छ। आरुघाट गाउँपालिका १ झोर्चेमा बोलेरो जीप दुर्घटना हुँदा गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। ग १ ज ५५०५ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ।

    समान्य वर्षात भएको र रातको समयमा उकालो कच्ची सडकमा ग १ ज ५५०५ नम्बरको बोलेरो जीप मोडमा चिप्लिएको अनुमान प्रहरीको छ। बुधवार राति ९ः३० बजे सडकबाट करिब दुई सय मिटर तल जिप खसेको छ।



    दुर्घटनामा धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए।



    जीप चालक धार्चे गाउँपालिका केरोँजाका बालचन्द्र गुरुङको अवस्था गम्भीर छ। अन्य घाइतेको अवस्था खतरामुक्त रहे पनि सबैलाई शरीरको बिभिन्न ठाउँमा चोट लागेको। घाइतेलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौँ लैजाने तयारी भइरहेको प्रहरी प्रमुख एसपी अधिकारीले बताए।

    धार्चे गाउँपालिका ६ कासिगाउँमा जेष्ठ नगारिक, अपाङ्गता परिचय पत्र बितरण कार्यक्रममका लागि गाउँपालिका उपाध्यक्ष सहित जनप्रतिनिधी र कर्मचारीको टोली त्यसतर्फ गएको थियो।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार