रुपन्देही । भैरहवामा रहेका बाल सुधारगृहबाट सोमबार ५ जना किशोरहरू भागेका छन् । विभिन्न मुद्दाका ती किशोरहरू सुधारगृहको झ्याल तोडेर गत राति तीन बजे भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका एक, पश्चिम नवलपरासीका तीन र स्याङ्जाका एक गरी पाँच जना किशोरहरू भागेका हुन् ।
उनीहरूमध्ये तीन जना जबरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दा अभियोग प्रमाणित भएर सुधार गृहमा राखिएको थियो ।
१८ वर्ष नपुगेकालाई बाल सुधारगृहमा राख्ने गरिन्छ । भागेका किशोरहरूको तीव्र रूपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply