Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • मनकारी प्रदिप, जसले ५५ दिनमा ११ हजार जनालाई खाना खुवाए

    मनकारी प्रदिप, जसले ५५ दिनमा ११ हजार जनालाई खाना खुवाए

    अनलाइन नेपाल
  • बिहिबार, २२ जेष्ठ २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । सरकारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि २०७६ साल चैत ११ गतेबाट देशभर नै लकडाउन गरिरहेको छ ।

    लकडाउन भएको ७३ दिनसम्म आइपुग्दा नेपालमा कोरोनाले भन्दा पनि भोकले मर्ने अवस्था सृजना भइसकेको छ भन्दा फरक नपर्ला ।



    यहि लकडाउनको बेला आफ्नो स्वास्थ्यको बारेमा नसोची सेवा गर्ने मनकारीहरुको पनि कमी छैन ।



    तिनै मनका धनी समाजसेवी मध्येका एक हुन्, मन्थली–४, रामेछाप घर भई हाल काठमाडौंको बत्तिसपुतली बस्ने प्रदिप घिमिरे ‘अमूल्य’ । घिमिरेले २०७६ चैत २९ गतेदेखि नियमित रुपमा खाना खानबाटै बञ्चित भएका २०० जनालाई खाना खुवाउँदै आएका छन् ।

    समाजसेवी प्रदिप घिमिरे ‘अमूल्य’

    घिमिरेले आफ्नै कोठामा खाना बनाएर सडमा भोकभोकै बसिरहेकाहरुलाई खाना बाँडिरहेका छन् । काममा उनलाई केही युवा साथीहरु सहयोग मिलेको छ भने विभिन्न व्यक्तिबाट सहयोग लिएर ५५ दिनदेखि दैनिक रुपमा आफै खाना बाँडिरहेका छन् ।


    घिमिरेले सडक पेटी, मठ मन्दिर, पाटी पौवा, देवालय, शिवालय एवं खुल्ला आकाशमूनी बस्न विवस र लकडाउनका कारण रोजगारी गुमेर गाँस, बासबाट बञ्चित हुन पुगेका व्यक्तिहरुलाई खाना खुवाइरहेको अनलाईन नेपाललाई बताए ।

    २०७६ चैत्र १६ गतेदेखि निरन्तर दैनिक उपभोग्य खाद्य सामग्री वितरण गर्दै आएका घिमिरेले चैत्र २९ गते देखि भने प्रत्येक दिन २०० जना व्यक्तिहरुलाई खाना खुवाउँदै आएका छन् ।

    यतिमात्र होइन समाजसेवी घिमिरे बाँदरलाई पनि खानेकुरा खुवाउन कहिले पशुपतिनाथ मन्दिर त कहिले थापाथली पुग्ने गर्छन् ।

    त्यसो त घिमिरेले पशुपतिनाथ परिसरमा रहेको साँढे र बसन्तपुरमा परेवालाई पनि खानेकुरा पुर्याउने गरेका छन् ।

    खाना खुवाउनको लागि खटिरहेका घिमिरेले सहयोगी र मनकारीहरुको साथ सहयोग पाएको खण्डमा महामारीको संकट नटरुञ्जेलसम्म यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

    घिमिरेल ५५ दिनसम्म आइपुग्दा खाना खुवाउन खद्यान्नको अभाव खड्किदै गएको भन्दै सहयोगका लागि आग्रह समेत गरेका छन् । उनले आफ्नो मोवाइल नम्बर ९८४११४१४६८ वा ९८६३४५७७४५ मा फोन गरेर सहयोग गर्न आग्रह गरेका छन् ।

    घिमिरेले सहयोगीहरुले गरेको आर्थिक तथा खाद्यान्न सहयोगको बारेमा प्रत्येक दिन आफ्नो फेसबुकबाट जानकारी गराउँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार