काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी कार्यसम्पादनमा अब्बल रहेको बताएका छन् ।
६७ औँ प्रहरी दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले नेपाल प्रहरी आफ्नो उत्कृष्ट कार्यले अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा कमाउन सफल भएको बताए ।
प्रधानमन्त्री देउवाले सूचना र प्रविधिको विकासले अपराध र आपराधिक घटना पनि फरक तरिकाले बढिरहेकाले शान्तिपुर्ण समाजको स्थापनाको गर्न प्रहरी थप चनाखो र अव्वल हुन आवश्यक रहेको बताए ।
देउवाले स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रहरीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै आगामी ४ मंसिरको निर्वाचन पनि शान्तिपूर्ण बनाउन नेपाल प्रहरीले थप जिम्मेवारी बहन गर्नेमा विश्वस्त रहेको बताए ।
Leave a Reply