काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रबहादुर सिंहलाई नेपाल प्रहरीको ‘लाइफटाइभ अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित ६७औं प्रहरी दिवसका अवसरमा एआईजी सिंहलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
३९ वर्ष नेपाल प्रहरीमा सेवा गरेका सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड प्रदान गरेका हुन्।
उनले २०६३ सालमा अवकाश प्राप्त गरेका थिए । प्रहरी दिवसको अवसरमा सरकारले उत्कृष्ट कार्यसम्पादन गर्ने २५ जना सकल दर्जालाई पुरस्कृत गरिएको थियो ।
२०१२ सालमा स्थापना भएको नेपाल प्रहरीले प्रहरी दिवसको अवसर पारेर हरेक वर्ष उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गर्दै आएको छ ।
Leave a Reply